logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेलाई संसद अवरोध नगर्न सर्वदलीय बैठकको आह्वान


अंकुरण खबर
1.222K
Shares

एमालेलाई संसद अवरोध नगर्न सर्वदलीय बैठकले आह्वान गरेको छ ।

आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै भएपनि जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित नभएको बताए ।

एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।