logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गगनलाई उछिन्दै शशांकले पाए सर्वाधिक मत


अंकुरण खबर
858
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शशांक कोइरालाले हालसम्मकै सर्वाधिक मत पाएका छन् ।

खुला केन्द्रीय सदस्यतर्फ उम्मेद्वार रहेका कोइरालाले ३८३६ मत सहित पहिलो स्थानमा बिजयी भएका हुन् ।

कोइराला सभापति शेरबहादुर देउवा र सभापतिका प्रत्यासी रहेका शेखर कोइराला दुबैको प्यानलमा परेका थिए ।

यसअघि महामन्त्रीमा निर्वाचित भएका कोइराला प्यानलका गगन थापाले ३०२३ मत प्राप्त गरेका थिए । कोइरालाले थापालाई उछिन्दै सर्वाधिक मत प्राप्त गर्न सफल भएका हुन् ।