हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ ।
देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।