logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तराई मधेशमा बाक्ला हुस्सु लाग्न सुरु, घर बाहिर निस्कन मुस्किल


अंकुरण खबर
1.261K
Shares

चिसो बढेसँगै तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु लाग्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान हुस्सु लागे पनि दिउँसो भने घाम लाग्ने जनाएको छ । बाक्लो हुस्सुका कारण तराई मधेशका जिल्लामा बिहानपख चिसो पनि बढेको छ।

यसले तराई मधेशको जनजीवनमा असर पारेको छ । बिहानपख घर बाहिर निस्कन मुस्किल भएको छ ।

यस्तै, काठमाडौं लगायत पहाडी जिल्लामा पनि बिहानपख केही स्थानमा कुहिरो लाग्न थालेको छ । दिउँसो भने विस्तार हटेर जाने विभागले जनाएको छ ।

आज देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो भने पारिलो घाम लाग्नेछ ।