logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु


अंकुरण खबर
910
Shares

सिरहाको गोलबजार नगरपालिका-६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भइरहेको छ ।

दुई समूहबीच झडप भएको जनाएपनि घटनाबारे अझै विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।