logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्लाहीमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीको मृत्यु


अंकुरण खबर
559
Shares

सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

सोमबार पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवको ज्यान गएको हो । उनलाई ना३ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो ।

ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका बालकको घटनास्थलमै ज्यान गएको थियो । यादव लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।

घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले केहीबेर पूर्व पश्चिम लोकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।