logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी


अंकुरण खबर
1.625K
Shares

राजधानीको नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

आइतबार दिउँसो साढे ३ बजे पछी बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।

कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो निभाउन दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।