सेवाग्राहीहरुलाई छिटो छरितो तवरमा सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय मकवानपुरले इ–पासपोर्टको प्रत्यक्ष दर्ता सुरु गरेको छ ।
प्रशासनका अनुसार कम्तीमा दैनिक १५ जना सम्मको दर्ता गरिने र कार्यालयको क्षमता अनुसार सेवा थप गर्ने, दर्ता भएको ७ देखि १५ दिनभित्र इ–पासपोर्ट उपलब्ध गराइने छ ।
इ–पासपोर्टको लागि सेवाग्राही आफैँले पनि अनलाइन दर्ता गर्ने सुविधा पनि उपलध गरिएको छ ।
मकवानपुरले पहिलो पटक आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरी यस्तो सेवा प्रदान गरेको हो ।
मुख जिल्ला अधिकारी भरतमणि पौडेलका अनुुसार इ–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र फाराम भरेर दर्ता गर्नु पर्ने छ ।