logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


अंकुरण खबर
897
Shares

साताको दोस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा टुङ्गिएको छ ।

२३१ कम्पनीको ५४ लाख ३९ हजार कारोबारमा आएका १३ समूह मध्ये २  समुहको मात्र मूल्य बढेको र उत्पादन समूहको ३.५२ र लघुवित्तको ०.१४ प्रतिशतले मूल्य बढेको छ ।

विकास बैंकको सेयर मूल्य सर्वाधिक २.२३ प्रतिशतले गिरावट आएको छभने होटल तथा पर्यटनको १.५६, जलविद्युतको १.९९,निर्जीव विमाको १.६७ प्रतिशतले घटेको हो।  अन्य समूहको पनि सूचक ०.८५ प्रतिशतसम्म घटेको छ । ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

गुराँस फाइनान्स र हिमालयन डिस्टिलरीको १० प्रतिशतले मूल्य बढेको मा कारोबार रकमका आधारमा गुराँस फाइनान्स अग्रस्थानमा रह्यो भने सो कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँमा सेयर कारोबार भयो।

१८ करोड ६६ लाख ४१ हजार १३८ रुपैयाँमा सेयर किनबेच गरेर हिमालयन डिस्टिलरी दोस्रो स्थानमा रहेको छ । आइतबार सार्वजनिक विदा परेकाले कारोबार हुन सकेन ।