logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुला महिला तर्फ आरजु राणा डेढ सय मतले पछाडी


अंकुरण खबर
1.157K
Shares

नेपाली कांग्रेसको खुला तर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडी परेकी छन् ।

९ खुला महिला केन्द्रीय सदस्यको जारी मतगणनामा पहिलो स्थानबाट आरजु १५२ मतले पछाडी छिन् । हाल तेस्रो स्थानमा रहेकी आरजुले मतान्तर घटाउँदै लगेकी छन् ।

दिउँसो साढे ३ बजेसम्म २०६५ मत गनिसक्दा आरजुले १११६ मत पाएकी छन् । उनीभन्दा डेढ सय मतले अगाडि डा. डिला संग्रौला १२६८ मत सहित पहिलो स्थानमा छिन् ।

डिला भन्दा ७२ मतले पछाडी पुष्पा भुसाल ११९६ मत सहित दोस्रो स्थानमा छिन् ।

चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ । ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छन् । छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ९४९ मत पाएका छन् ।

सातौं स्थानमा रमा कोइरालाले ८१३, आठौंमा रहेकी सुशीला ढकालले ७९४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले ७८० र दशौं स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाएकी छन् ।

खुला तर्फको महिला केन्द्रीय सदस्यको मतगणना आइतबार राति देखि सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहान देखि मात्रै पुनः गणना भइरहेको छ ।