logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज मात्रै २२० संक्रमित थपिए : २४ घण्टामा थप एक जनाको मृत्यु


अंकुरण खबर
1.482K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  ४ हजार १ सय ४१ जनाको परीक्षण गर्दा २२० जनामा कोरोना संक्रमित भेटिएका छन् ।

पीसीआर विधिबाट २ हजार ७२५ जनाको नमुना परीक्षणमा २१८ जना र एन्टीजेन विधिबाट १ हजार ४१६ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९ हजार १५५ पुगेको छ भने २६३ जना संक्रमण मुक्त भएका छन् ।

बितेको २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संख्यासँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ जना पुगेको छ ।

अहिले सम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेको मन्त्रालयले जनाएको छ ।