नेपाली कांग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
अहिले सम्म १ हजार २ सय ६८ मतका साथमा डिला संग्रौला पहिलो स्थानमा छन् । पुष्पा भुषाल ११९६ मत सहित दोस्रो, आरजु राणा देउवा १११६ मतका साथ तेस्रो, अम्बिका बस्नेत ९९८ मतका साथ चौथो, ईश्वरी न्यौपाने ९८५ मतका साथ पाँचौ, सरिता प्रसाईं ९४९ छौटौ, रमा कोइराला ८१३ सातौ, सुशीला ढकाल ७९४ आठौं, रंगमती शाही ७८० नवौ र अनिता देवकोटा ७७४ दशौं स्थानमा रहेका छन् ।