logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुला महिला केन्द्रीय सदस्यमा डिलाले बढाइन अग्रता, आरजु परिन पछी


अंकुरण खबर
598
Shares

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले १९०६ मतसहित अग्रता बढाएकी छन् ।

यस अघि २५६५ मत गन्दा दोस्रो भन्दा ७२ मत र तेस्रोभन्दा १५२ मतले अगाडि डिला ३०५० मत गन्दा दोस्रोसँग ९९ मत र तेस्रो उम्मेदवारसँग २१८ मतको अग्रता बनाएकी छन् ।

दोस्रोमा रहेकी पुष्पा भुसालले १८०७ मत पाएकी छन् । उनी अघिल्लो परिणामको तुलनामा अहिले डिलाभन्दा थप २७ मतले पछाडी परेकी छन् । यसअघि ७२ मतले पछाडी पुष्पा अहिले ९९ मतले पछाडी परेकी हुन् ।

तेस्रोमा १६८८ मत पाएकी आरजु त यस अघिको डिलासँगको अन्तरभन्दा थप ६६ मतले पछाडी परेकी छन् । यस अघि डिलासँग १५२ मतले पछाडी आरजु अहिले २१८ मतले पछाडी परेकी हुन् ।

निर्वाचन समितिका अनुसार चौथोबाट नवौंसम्म क्रमश : अम्बिका बस्नेतले १५२९, ईश्वरी न्यौपाने १४९४, सरिता प्रसाईं १३७१, रमा कोइराला १२३६, सुशीला ढकाल ११९५, रंगमती शाहीले ११८८ मत ल्याएका छन् ।

खुलातर्फ ९ जना महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा ३० जना छन् । मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ ।