logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले सांसदहरुको नाराबाजी बीच सभामुखले अघि बढाए संसद बैठक


अंकुरण खबर
897
Shares

एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई अगाडि बढाएका छन् ।

बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए ।

सांसद सुवालले प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजी चलिरहेका बेला बैठक अगाडि नबढाउन र बैठकलाई स्थगित गरेर एमाले सांसदलाई सहमतिमा ल्याउन सुझाव दिए । साथै उनले एमसीसी राष्ट्रहितविपरीत रहेकाले यसलाई पारित गर्ने कार्य गर्न नहुने बताए ।