logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार


अंकुरण खबर
1.027K
Shares

खोटाङको रावाबेँसी गाउँपालिकामा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना भएको छ । रावाबेँसी गाउँपालिका – १ कुभिन्डेको हरमटारमा बैंकको २५७औँ शाखा विस्तार भएको हो ।

मंगलबार बिहान लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

आर्थिक कारोबारका लागि दिक्तेल पुग्नु पर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाले गरेको आग्र हअनुसार कुभिन्डेको हरमटारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय विस्तार गरिएको हो ।

रावाबेँसी शाखा सहित खोटाङमा मात्र राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको संख्या पाँच पुगेको छ । यस अघि दिक्तेल, ऐसेलुखर्क, बाक्सिला र खोटाङ बजारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापना भइसकेको छ ।