logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजार ५६ दशमलव ७३ अंकले बढ्यो नेप्से


अंकुरण खबर
520
Shares

सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ ।

आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से ) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा  हिमालयन डिष्ट्रिलरी छ । यो कम्पनीको आज १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।

सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन् ।

नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य नौ प्रतिशत भन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ ।

आज गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबै भन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आठ प्रतिशत भन्दा बढीले घटेको छ ।