logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुक्ताकुमारी यादवले ल्याइन ३९६० मत


अंकुरण खबर
572
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

उनले ३९६० मत ल्याएकी हुन् ।  उनी मधेशी महिला समूह तर्फबाट सदस्यमा निर्वाचित भएकी हुन् । यस अघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत बढी ल्याइन् ।

पदाधिकारीको मत परिणाम आउँदा गगनकुमार थापाले सर्वाधिक मत पाएका थिए । उनले ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए ।

खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याए । मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित भएकी हुन् ।