logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुटपिटबाट दुई जनाको मृत्यु


अंकुरण खबर
637
Shares

संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ ।

कुटपिटबाट पाँचखपन नगरपालिका – ३ की २९ वर्षीया विष्णुमाया राई ( लिम्बू ) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारी जानकारी दिए ।

प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी बताए ।

मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जी मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनीहरूबीच भएको विवादमा कुटपिट हुँदा चन्द्रबहादुर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते चन्द्रबहादुरको उपचारका क्रममा जिल्ला अस्पताल संखुवासभामा मंगलबार दिउँसो मृत्यु भएको हो ।

हत्यामा संम्लग्न भएको आरोपमा जीवन दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।