logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा ४०० ले घट्यो, चाँदीको भाउ १० रुपैयाँले वृद्धि


अंकुरण खबर
572
Shares

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको थियो ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।