logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले अवरोधकाबीच प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, अर्को बैठक १८ पुसमा


अंकुरण खबर
962
Shares

प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ ।

बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ ।

बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८  र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

चालू अधिवेशनको दुईवटा बैठकमा जस्तै बुधबार बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी कायम राखेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदले नवौँ अधिवेशनदेखि नै बैठकमा नाराबाजी कायम राख्दै आएका छन् ।