logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगलादेश जाने कराते टोलीको बिदाइ


अंकुरण खबर
1.261K
Shares

बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका छन् ।

बिदाइ कार्यक्रममा राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्ने छ ।

बंगलादेश जाने टोलीमा रामकुमार श्रेष्ठ टिम व्यवस्थापकमा छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा राजदेव बमजन (९६५ केजी ), धेजेन डोल्मा तामाङ (९४५ केजीं), ग्याल्मो सोमिका लामा (९३५ केजी), युरोदिश रोका (९६० केजी), पासाङ्ग तामाङ (९७० केजीं), रविन्द्र कुँवर (खुला) तथा उमेश भण्डारी (९५५ केजी) रहेका छन् ।

निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्गमा तामाङ र गणेश लाल श्रेष्ठ छन् । मुजिबको सयौं जन्मोत्सवको उपलक्षमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बरसम्म हुनेछ ।

टोलीलाई बिदाइ गर्दै उपाध्यक्ष कोइरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नु पर्ने र राष्ट्रको ईज्जतलाई उच्च राखेर उपाधि जितेर आउन शुभकामना सहित बिदाइ गरे ।