logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस प्रदेश २ अधिवेशनमा भयो कुटाकुट


अंकुरण खबर
1.43K
Shares

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा अन्तिम नामावली प्रकाशन गर्न ढिलो भएको भन्दै सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव बीच  कुटाकुट भएको छ ।

सभापतिका उम्मेदवार रामसरोज यादवले चुनाव बिहीबार गर्नु पर्ने र कृष्ण यादवले बुधबार नै निर्वाचन गर्नु पर्ने भन्ने अड्डी लिए पछी एक आपसमा कुटाकुट भएको हो ।

झडपका क्रममा कुर्सीसमेत तोडफोड भएको छ। दुबै पक्षले एक अर्का विरुद्ध नाराबाजी गरि रहेका छन् ।

निर्वाचन समितिले चुनावका लागि मतपत्र  छपाएर ल्याई सकेको भए पनि चुनाब हुन सकेको छैन। रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुन्। प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेद्वार छन् ।