logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, ओलीले स्वागत गर्ने 


अंकुरण खबर
1.755K
Shares

गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । जसका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेलसहित आज बिहीबार पर्सा जाँदैछन ।

माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरु पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको पर्सा जिल्ला कमिटीले जनाएको छ ।

कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश-२ का नेता पर्सा पुगिसकेका छन ।