logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा


अंकुरण खबर
507
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९  पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।

सभा होटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ ।

अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसनमा जानुपरेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनार्थ संथाले १९ पुसदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार, १८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।