logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ७०० ले बढ्यो सुनको मूल्य


अंकुरण खबर
507
Shares

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो ।

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।