logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाधिवेशनबाट कांग्रेसमा थप शक्तिशाली बने देउवा,केन्द्रीय समितिमा ८१ प्रतिशत भन्दा बढीको पकड


अंकुरण खबर
884
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ ।

बाँकी रहेको मतगणना बिहिबार सकिएसँगै १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको छ ।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २७ गते निर्वाचन भएको थियो ।

कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो । सभापतिको मतगणना त्यही गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो ।

सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित १३४ पदमध्ये सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाई भन्दा बढी पदमा जित हात पारेको छ । पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवापक्षका १०९ उम्मेदवार विजयी भएका छन् । इतरपक्षबाट जम्मा २३ जनामात्र निर्वाचित भएका छन् ।

यस हिसाबमा केन्द्रीय कार्यसमितिमा देउवा पक्षको ८१ दशमलव ३४ पुगेको छ ।

सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन् । थप गरिने सदस्य पनि अधिकांश जसो देउवाले आफूपक्षबाट राख्ने छन् ।