logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैज्ञानिकहरु भन्छन्, ओमिक्रोन वेभ अन्य भेरियन्टको तुलनामा मध्यम


अंकुरण खबर
546
Shares

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण ‘वेभ’ अन्य भेरियन्टको तुलनामा मध्यम स्तरको भएको बेलायतमा गरिएको पछिल्लो एक अध्ययनले जनाएको छ ।

यसअघि दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा पनि ओमिक्रोन वेभ मध्यम स्तरकै देखिएको थियो ।

ओमिक्रोनबाट संक्रमितमध्ये थोरै मात्र अस्पताल भर्ना हुने गरेको तर संक्रमण दर भने तीब्र भएको अध्ययनमा जनाइएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुने संख्यामा करिब दुई तिहाइले कमी आएको पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेननिनले बताए ।

बेलायतमा कोभिडबाट संक्रमित हुनेको संख्या तीव्र बढिरहेको छ । बुधबार मात्र एक लाखभन्दा बढी संक्रमित भेटिएका थिए । एजेन्सी