१. अनौठा यी व्यक्ति, जसले प्रत्येक दिन साढेँ २ किलो खुर्सानी खान्छन्
विश्वमा धेरै अनौठा प्रतिभा भएका व्यक्तिहरु छन् । ती व्यक्तिहरुले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका हुन्छन् । धेरै व्यक्तिले आफ्नो कार्यले विश्व रेकर्ड पनि राखेका छन् । यस्तै एक व्यक्ति जसले आफ्नो कार्यले विश्वलाई नै चकित पारेका छन् । चीनमा यस्ता व्यक्ति पनि छन्, जसले दैनिक साढेँ २ किलो खुर्सानी खाने गर्छन् ।

तपाईलाई पत्यार नलाग्ला, तर हैली योगजीले प्रत्येक दिन साँढे दुई किलो खुर्सानी खाने गर्छन् । उनलाई खुर्सानी किंग भनेर पनि बोलाउने गरिन्छ । दैनिक खुर्सानी खाने उनले घरको पछाडी ८ प्रकारका खुर्सानीका विरुवा पनि लगाएका छन् ।उनी खुर्सानी खाएर पनि आँसु निकाल्दैनन् । उनले आफु खुर्सानी बिना बाँच्न नसकिने बताउदै आएका छन् । उनले जति खुर्सानी खाए पनि शरिरमा असर गर्दैन ।
उनी बिहान उठेर ब्रस गर्ने होइन, खुर्सानी खाने गर्छन् । खुर्सानीले नै दाँत सफा गर्ने गर्छन् । उनले एक कुराकानीमा भने ‘१० वर्ष पहिला छोराको दुर्घटना ट्रकबाट भएको थियो । उक्त दिनमा पनि कटौरामा खुर्सानी खाएर अस्पताल गएका थिए ।’
२. ९७ वर्ष भन्दा बढी समयदेखि नचल्ने दुर्लभ जीव भेटिए पछि‘
पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर स्थानीय नाम बेबी ड्र्यागन भेटिएको छ । दक्षिण पुर्व युरोपको देश बोस्नियामा उक्त दुर्लभ भेटिएको हो । यो पछिल्लो २ हजार ५ सय ६९ दिन ९७ वर्ष भन्दा बढी समयदेखि हल्लिएको पनि छैन ।

उक्त दुर्लभलाई बैज्ञानिकहरुले लामो समयसम्म निगरानी गरेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब ५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् ।
३. एउटा फलको लागि अचम्मको पहरेदारी, तीन सुरक्षागार्ड र ९ वटा कुकुर तैनाथ
बुढापाकाले भन्थे बाच्नुपर्दछ यो संसारमा अचम्मका कुराहरु हेर्न र देख्न पाइन्छ । अहिले भारतमा त्यस्तै एउटा घटना भएको छ ।
भारतको मध्य प्रदेश जबलपुरमा एक व्यक्तिको खेतको सुरक्षाका लागि तीनजना सुरक्षाकर्मी र ९ वटा कुकुर राखिएका छन् । सुन्दा अचम्म लाग्ला तर यति कडा सुरक्षा आँपका लागि हो । यो खेतमा फल्न सुरु गरेका आँपको मूल्य लाखौं पर्ने बताइएको छ ।

यो विशेष किसिमको आँप जापानमा पाइन्छ । जबलपुरको खेतमा फलिरहेका यो आँप अघिल्लो वर्ष अन्तर्राष्ट्रिय बजारमा प्रति किलो २ लाख ७० हजार भारु ९४ लाख रुपैयाँ बढी० मा बिकेको जापानी मिडियाले बताएका छन् । उक्त आँपका मालिक संकल्पले यो जापानी आँपको नाम टाइयो नो टमेङ्गो भएको बताए । यसलाई एग अफ सन अर्थात् सूर्यको अण्डा पनि भनिन्छ ।
आँपको बागका मालिक संकल्पका अनुसार अघिल्लो वर्ष चर्चामा आएको कारण उनको खेतमा चोर बढेको र आँप पनि चोरी भएको थियो त्यसैले यो महँगो आँपको सुरक्षाका लागि संकल्प चिन्तित छन् र सुरक्षामा अतिरिक्त पैसा खर्च गरिरहेका छन् । यो आँप पूर्ण रुपमा पाकेपछि यो हल्का रातो र पहेँलो हुन्छ । यसको तौल करिब ९०० ग्रामसम्म पुग्ने गर्छ । यसमा रेशा पाइँदैन र असाध्यै गुलियो हुन्छ ।
आँपको यो प्रजाति जापानमा संरक्षित वातावरणमा फलाइन्छ तर संकल्प सिंह परिहारले यसलाई आफ्नो बाँझो जमिनको खुल्ला वातावरणमा फलाएका छन् । संकल्पका अनुसार सुरुमा ४ एकड जमिनमा यो आँपका केही बोट रोपिएको थियो र आज उनको खेतमा १४ भारतीय हाइब्रिड र ६ विदेशी आँप सजिलै पाउन सकिन्छ।
उनका अनुसार यस्तो आँपको खेती भारतमा अन्य कतै पनि हुँदैन । त्यस अर्थमा यस आँपलाई दुर्लभ मानिन्छ र दुर्लभ भएको कारणले यो आँप चोरहरुबाट सुरक्षित मानिदैन । जापनी आँपलाई तामागोको नामले चिनिन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको अत्यधिक माग छ। जापानी भाषामा ‘ताइयो नो तामागो’ को नामले यसलाई चिनिन्छ ।
४. आफैंले बनाएको नियमको सिकार भइन् रानी
राजा–महाराजाले आफ्ना जनतामाथि शासन गर्न विभिन्न नियम–कानुन थोपर्ने गर्छन् । कहिलेकाहीँ ती कानुनले उनीहरूलाई पनि हानि पुर्याउन सक्छन् । थाइल्यान्डकी एक जना रानी यस्तै नियमको शिकार भएकी थिइन् ।

सन् १८८० को कुरा हो । रानी सुनन्धा कुमारीरत्ना बैंककको बाहिरी भागमा रहेको गृष्मकालीन दरबारमा गइरहेकी थिइन् । उनी सवार डुंगालाई राजप्रासादका कर्मचारी सवार अर्को डुंगाले तानिरहेको थियो । विशाल नदीमा गर्भवती रानीको डुंगा पल्टियो । उनलाई कर्मचारी कसैले पनि बचाउने हिम्मत गरेनन् ।
किन भने, रानीलाई जनताले छुनु हुँदैनथ्यो । राजपरिवारका सदस्यलाई छोयो भने जनताले ज्यान गुमाउनु पर्थो । यही कडा नियमका कारण रानीलाई बचाउन कोही पनि अघि सरेन । राजा चुलालंगकर्नकी रानी सुनन्धाको नदीमा डुबेर मृत्यु भयो ।
५. ५५ बर्ष अघि हराएको औठी फेला पारे पछी
कैयौं हाम्रो जीवनमा यस्ता विशेष घटना घट्न पुग्छन् जसको अनुमान लगाउन समेत सकिदैन । यस्तै भएको छ एक व्यक्तिको जीवनमा । एक व्यक्तिले आफुले गुमाएको औँठी ५५ बर्षपछि भेटेका छन् ।
एक व्यक्ति जसले आफ्नो आमाबुवाको बगैँचामा विवाह गरेका थिए, उनले त्यहि औँठी हराए । रैनसम जोन्स नामक व्यक्तिले पाँच दशक भन्दा पहिले मफ्रीसबोरोमा मुल घरमा काठको काम गर्दा आफ्नो विवाहको औँठी हराएका थिए । यो औँठी उनले लामो समयसम्म लगाउन सम्म पाएका थिएनन् ।
जोन्सका अनुसार औठी हराएपछि उनका सम्पुर्ण परिवारले यसको खोजी तिव्र पारे । उनिहरुले कैयौं वर्षसम्म औठी खोजे तर भेट्न सकेनन् । जोन्सले आफ्नो पत्नी व्रेन जोन्स सहित आफ्ना छोराछोरीलाई समेत औठी हराएको बताए र धेरै बर्षसम्म यसको खोजी गर्न अह्राए । तर औठी भेट्न सकेका थिएनन् । जोन्सका अनुसार ढोका खोलेर सामान फ्याक्दा औठी समेत फालिएको थियो ।

यसरी हराएको औठीका बारेमा उनले छोराछोरीले भने र खोज्न लगाए । तर खोज्दा समेत नभेटेपछि उनको ५१ बर्षिय छोराले केवल आफुहरुलाई व्यस्त राख्न जोन्सले झुट बोलेको ठान्दथे ।
जोन्सले सन् २००६ मा डग र सामन्था कुकलाई घर बेचे । डग कुकलाई घर छाडेर जादाँ जोन्सले आफ्नो औठीका बारेमा बताएका थिए । घर किनेका डगले औठी फेला पारे र जोन्सलाई फिर्ता दिए । डेली न्यूज जर्नलसंगको कुराकानी जोन्सले बताए अनुसार उनले हराएको सो औठी करीब ५५ बर्षपछि फेरी पाएका छन् । जसका कारण उनि अत्यन्त खुसी छन् ।
५. बाँदरको ग्याङ फाइटले घण्टौँ जाम
बाँदर चञ्चल र चकचके स्वभावका हुन्छन् । उनीहरुको यहि हर्कतले मानिसलाई रोमाञ्चित तुल्याउँछ । कतिपय बाँदर मानिसले झै व्यवहार गर्दछन् । यसले झन् मानिसलाई आर्कषित गर्दछ । यस्तै बाँदरको एक भिडियो चर्चामा छ । जहाँ बाँदरले गरेको हर्कत चर्चामा छ । थाइल्याण्डमा दुई गुटका बाँदरबीच लडाई चलेको छ । लोपबुरीको फ्रा कान मन्दिरको छेउछाउमा दुई तीरका बाँदरबीच लडाई चलेको हो ।

सडकमा दुई गुटका बाँदरबीच लडाई चलेको देख्दा मानिसहरु चकित पर्दै हेरिरहेका थिए । दुई गुटका बाँदरबीच लडाई चलेपछि सडकमा गाढडीको जाम भएको थियो । घण्टौँको त्यो लडाईमा १ सय भन्दा बढी बाँदरहरू थिए ।
६. श्रीमान्लाई छाडेर कुकुरसँग बिहे !
एकजना अमेरिकी बेहुलीले आफ्नो पाल्तू कुकुरसँग बिहेको फोटो शूट गराएपछि चर्चा कमाएकी छिन् । घरको कुकुरसँग वेडिङ फोटोशूट गराउने ती युवतीको नाम हाना किम हो । हालै किमले आफ्नो पूरानो साथी जेरार्ड ब्रिकम्यानसँग बिहे गरेकी छिन् । तर आफ्नो प्रेमीसँगको बिहे समारोहमा उनले सबैभन्दा पहिलो तस्वीर आफ्नो कुकुरसँग खिचाएर सार्वजनिक गरेकी हुन् ।

फोटोशूटका क्रममा कुकुरलाई पनि सिँगारिएको थियो। तस्वीरमा हाना हातमा फूलको बुके लिएर उभिएकी छिन् भने उनको अगाडि घाँटीमा घाँटीमा फूलको फुर्को लगाएर टुसुक्क बसेको छ। विभिन्न तस्वीरमा कुकुरले हानालाई चुम्बन गरेको पनि देखिन्छ ।
ओरेगनस्थित क्याम्प कोल्टनमा रहेको जंगलमा हाना र जेरार्डको बिहे सम्पन्न भयो । बिहेका क्रममा चम्किलो सेतो गाउनमा सजिएकी हानाले आफ्नो प्राणप्रीय कुकुर गुम्बोसँग पहिलो तस्वीर खिचाउने प्रस्ताव जेरार्डसँग राखिन्, जसलाई जेरार्डले सहर्ष स्वीकार गरे ।
वेडिङ फोटोशूटका तस्वीरहरु शेयर गर्दै हानाले भनेकी छिन्, ‘मेरो विशेष केटासँग एक क्षण ।’
उक्त तस्वीर खिच्ने फोटोग्राफर स्टेफेनी नाखट्राबले इन्स्टाग्राममा लेखेकी छिन्, ‘१० तस्वीर । एकजना केटी, उनको कुकुर र पतिबीचको विशाल तथा गहन प्रेमकथाका विशेष मैले भन्ने कुरा यत्ति हो।’
७. विषालु बगैँचा : जहाँका फूल सुँघ्दा मान्छेको मृत्यु हुन्छ !
पृथ्वीमा यस्ता धेरै रहस्यमय ठाउँहरु छन् जहाँ मानिसको ज्यानलाई नै खतरा हुन्छ । त्यहाँ पुग्दैमा मान्छेको मृत्यु हुन्छ ।
बेलायतमा एउटा यस्तो बगैँचा छ जहाँ गएर मज्जाले स्वास लिँदा समेत मानिसको मृत्यु हुन्छ । अहिलेसम्म सो बगैँचामा १ सय भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ ।

बेलायतको नर्थअम्बरल्याण्डमा रहेको उक्त बगैँचाको नाम अल्नविक पोइजन गार्डेन हो । यसलाई विष बगैँचा भनेर पनि चिनिन्छ ।
यसलाई संसारको सबैभन्दा खतरनाक बगैँचा मानिन्छ । तर पनि यो बेलायतको सबैभन्दा सुन्दर आकर्षण मध्ये एक रहेको छ । बगैँचाभित्र रहेका रंगीविरंगी बोटविरुवा, सुगन्धित गुलाब तथा अन्य फूलहरुले आकर्षित गरिरहेका हुन्छन् ।
यो बगैँचामा एउटा कालो फलामको ढोका छ । उक्त ढोकामा प्रष्ट रुपमा लेखिएको छ कि उभिएर फूललाई सुँघ्न तथा टिप्न निषेध छ । साथै त्यसमा खतराको चिन्ह पनि दिइएको छ ।
१४ एक्कडमा फैलिएको उक्त बगैँचामा करीब ७ सय विषालु वनस्पती छन् । इतिहासमा सत्रुहरुलाई मार्नका लागि यी विषाक्त फूलहरुको प्रयोग गरिन्थ्यो ।
यो बगैँचामा गएर अहिलेसम्म १ सय भन्दा धेरै मानिसहरुको मृत्यु भैसकेको छ । थोरैमात्र पनि गल्तीले बगैँचामा मानिसको मृत्यु हुनसक्दछ । एजेन्सीको सहयोगमा
८. गुडिरहेको बसमा जन्मिए २ बच्चा, जीवनभर बसको भाडा तिर्नु नपर्ने सरकारको घोषणा
कतिपय मानिस जन्मँदै अहोभाग्य लिएर जन्मिन्छन् । हालै भारतमा दुईजना छोरीहरू यस्तै भाग्यसाथ जन्मिए । गुडिरहेको बसमा जन्मिएका ती दुई बच्चीहरू यस अर्थमा भाग्यमानी ठहरिएका छन् कि उनीहरुले अब आफ्नो जिवनभर भारतमा बसयात्रा गर्दा भाडा तिर्नुपर्ने छैन ।

गुडिरहेका बसमा जन्मिएका ती दुई बच्चाीलाई सरकारले जीवनभर बसयात्रा निस्शुल्क गरिदिने घोषणा गरेको छ ।
भारतको तेलंगना राज्यमा दुई भिन्नाभिन्नै ठाउँमा गुडिरहेका बसमा ती बच्चाहरू जन्मिएका हुन् । एकजना गत नोभेम्बर ३० मा महबुबनगर जिल्लाको पेद्दाकोथापल्ली गाउँ नजिकै भएको हो भने डिसेम्बर ७ मा सिद्धिपेट जिल्ला नजिकै गुडिरहेको बसमा अर्की शिशु जन्मिइन् ।
तेलंगना राज्य सडक परिवहन निगमद्धारा ती सञ्चालित सार्वजनिक बसमा जन्मिएका ती बच्चीहरूलाई जन्मदिनको उपहार स्वरुप तेलंगना सरकारले आजीवन निस्शुल्क यात्राको पास प्रदान गरेको छ । उक्त निशुल्क पास भारतका सबै राज्यमा चल्ने बस तथा एयरपोर्ट बसमा समेत मान्य हुनेछ ।
निगमाका उपाध्यक्षले ट्विटरमा उक्त विषयमा ट्विट गरेका छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका महिलालाई एक्कासी व्यथा लागेपछि बसका चालक, सहचालक तथा यात्रुहरूले सहयोग गरेको र सुरक्षितसाथ सुत्केरी गराएको उनले उल्लेख गरेका छन् ।
९. पार्कको रुखसँग युवतीको प्रेम, अन्ततः बिहे गरेर बनाइन् लोग्ने
लामो समयदेखि बेलायतकी एक महिलाको बिहे चर्चाको विषय बनिरहेको छ । वास्तवमा ती महिलाले कुनै पुरुषसँग होइन रुखसँग बिहे गरेकी छन् ।
तीन वर्षअघि नै उक्त रुखसँग बिहे गरेको बताउने ती युवतीले हालै आफ्ना साथीहरूलाई त्यही रुखमुनि बोलाएर जमघट गराइन् । आफूले रुखसँग खुसीसाथ दाम्पत्य जीवन बिताइरहेको उनको दाबी छ ।
केट कनिंघम नामकी ती युवतीका अनुसार रुख र उनीबीचको दाम्पत्य जीवन सुखपूर्ण रुपमा चलिरहेको छ । आफू आफ्नो जिवनबाट सन्तुष्ट रहेको उनी बताउँछिन् ।

उनले सन् २०१९ मै रिमर्स भ्याली काउन्टी पार्कमा रहेको रुखसँग बिहे गरेकी थिइन् । आफ्नो पतिदेव रुखसँग भेटघाट गर्नका लागि उनी हप्तामा ५ पटक पार्कमा जान्छिन् । क्रिसमसको बेलामा त आफ्नो पतिरुपी रुखलाई विभिन्न सजावटका सामग्रीले सजाउँछिन् ।
अनौठो त के भने रुखसँगको बिहेपछि उनले आफ्नो थरसमेत बदलिसकेकी छिन् र अहिले मिसेस एल्डर बनेकी छिन् ।
हाल शिक्षण पेसा अपनाएकी मिसेस एल्डर यो पटक आफ्नो पति रुखसँग तेस्रो क्रिसमस मनाउँदैछिन् । यसअघि उक्त पार्कमा बारम्बार आउने क्रममै सो रुखसँग आफ्नो प्रेम बसेको उनी बताउँछिन् ।
१०. अष्ट्रेलियामा भेटियो संसारकै पहिलो अनौठो जीव, १३०६ वटा छन् खुट्टा
पृथ्वीमा कैयन् यस्ता अनौठा तथा दुर्लभ जीवहरू छन्,जसका बारेमा आम मानिसलाई थाहै हुँदैन । कतिपय यस्ता जीवहरू त वैज्ञानिकहरूले बल्ल पत्ता लगाउँदै छन् । यस्तै एउटा जीव हालै फेला परेको छ । उक्त जीवको शरीरमा १३ सय ६ वटा खुट्टा छन् । सो जीव जमीनमुनि निकै गहिराइमा बस्दछ ।
अष्ट्रेलियाका जीव वैज्ञानिकहरूले संसारको पहिलो तथा दुर्लभ मिलिपेड्स नामक किरा पत्ता लगाएका छन् । हालसम्म पृथ्वीमा अधिकतम ७५० वटा सम्म खुट्टा भएको जीव फेला परेकोमा यो मिलिपेड्सको शरीरमा १३०६ वटा खुट्टा छन् ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा आजभन्दा ४० करोड वर्षअघि मिलिपेड्सको उत्पत्ति भएको हो । मिलिपेड्सको अर्थ हजार खुट्टा भएको जीव भन्ने हुन्छ । तर हालसम्म यो जीवमा हजारवटा खुट्टा भेट्टाइएको थिएन ।
सबैभन्दा धेरै खुट्टा भएको मिलिपेड्स इलाक्मे प्लेनिप्स प्रजातिको थियो, जसको ७५० वटा खुट्टा हुन्छन् । उक्त प्रजातिको कीर्तिमान भंग गर्नेगरी वैज्ञानिकहरूले हालै १३०६ वटा खुट्टा भएको मिलिपेड्स पत्ता लगाएका हुन् । उक्त जीवको वैज्ञानिक नाम इयुमिलिप्स पर्सेफोन हो ।
यो जीव हल्का पहेँलो रङको छ । अनौठो त के भने लामो धागो जस्तै देखिने यो जीवका आँखा छैनन् । यो जीवको शरीरको चौडाइको तुलनामा लम्बाइ १ सय गुणा धेरै छ । यसको टाउको आइसक्रिम कोन जस्तै छ जसमा धेरै एन्टेना रहेका छन् । ती एन्टेनाले नै त्यसलाई अँध्यारोमा हिड्न सहयोग गर्दछन् । यो मिलिपेड्सले ढुसी खाने गर्दछ ।
अष्ट्रेलियाको खनिज उत्खनन गरिरहने क्षेत्रमा वैज्ञानिकहरूले यो जीव फेला पारेका हुन् । त्यसक्रममा २ वटा भाले र दुईवटा पोथी मिलिपेड्स फेला परे । जसमध्ये पोथीको शरीरमा १३०६ वटा खुट्टा छन् भने भालेको शरीरमा ९९८ वटा खुट्टा रहेका छन् ।
वैज्ञानिकहरूले सुक्ष्मदर्शक यन्त्रको सहयोगमा खुट्टाको गणना गरेका थिए । वास्तवमा त्यसरी खुट्टा गन्ती गर्नु सजिलो थिएन किनकि यो जीव बाह्य चिजले छुँदा तत्कालै आफ्नो शरीरलाई गोलो बनाएर बेर्दछ ।यो जीवको औसत आयू ५ देखि १० वर्षसम्म हुने बताइएको छ । जमीनभन्दा २ सय फिट तल बस्ने यो जीवलाई सतहमा देख्न मुस्किल हुन्छ ।
एजेन्सीको सहयोगमा