logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ओमिक्रोनः उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू


अंकुरण खबर
1.313K
Shares

ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ ।

शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । सामाजिक जमघटमा कोभिडसम्बन्धी सम्पूर्ण मापदन्ड पालना गर्नुपर्नेछ ।

यसअघि बिहीबार मध्य प्रदेशमा रात्रिकालिन कर्फ्यू लगाइएको थियो ।

कोभिडको कारण जनाउदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताए । मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् ।

भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएका छन् । एजेन्सी