logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाले नेपाललाई फेरि दियो ६ लाख ६४ हजार डोज खोप, विद्यार्थीहरुलाई लगाइने


अंकुरण खबर
1.222K
Shares

अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार ५६० डोज खोप उपलब्ध गराएको छ ।

कोभ्याक्स कार्यक्रममार्फत् अमेरिकी सरकारले पठाएको खोप नेपाल आइपुगेको हो । हाल अमेरिकाबाट आएको फाइजर खोप नेपालका विद्यार्थीहरुलाई लगाइने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले सामाजिक संजालमा भनेको छ, ‘विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभिड-१९ बाट सुरक्षित राख्नको लागि १२ देखि १७ उमेर समूहमा यो खोपले निकै महत्वपूर्ण भूमिका खेल्नेछ । हामी सवै मिलेर कोरोना भाईरसलाई परास्त गर्न निरन्तर कार्य गरी रहनेछौं ।’

यसअघि पनि अमेरिकाबाट नेपालमा लाखौ डोज खोप सहयोगको रुपमा भित्री सकेको छ ।