प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘उहाँ मृत अवस्थामा फेला परेको हो । थप जानकारी आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ ।
उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत थिए ।