logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज विश्वभर क्रिसमस डे मनाइदै, यसरी सुरु भयो क्रिसमस डे मनाउने परम्परा


अंकुरण खबर
1.053K
Shares

आज  डिसेम्बर २५, हरेक वर्ष आजकै दिन विश्वभरी नै क्रिसमस डे मनाउने गरिन्छ ।

इशाई  धर्मालम्बीहरुले जिसस क्राइष्टको जन्मदिनको अवसरमा क्रिसमस डे पर्वकै रुपमा मनाउने गर्दछन् ।  इशाई धर्मालम्बीहरुले जिसस क्राइष्टको जन्मदिनलाई भब्य  रुपमा मनाउने गर्दछन् । यो दिन केही देशहरुमा डिसेम्बर २४ तारिखका दिनबाट नै मनाउन सुरु गर्दछन् भने केहीले २५ तारिखबाट मनाउने  गरेको पाइन्छ । यस दिवसलाई डिसेम्बर २४ वा २५ तारिख देखि जनवरी ६ तारिक सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउने गरिन्छ भने विशेष गरी २५ तारिखमा भब्य रुपमा सम्पन्न गर्ने गरिन्छ ।  क्रिसमस डे मनाउनकै लागि  विश्वका अधिकांश देशहरुले सार्वजनिक विदा दिने गर्दछन् ।

यसरी सुरु भयो क्रिसमस डे मनाउने परम्परा

न्यू क्याथोलिक इनससाइक्लोपीडियाका अनुसार प्रभु येशु क्रिष्टको जन्म कहिले भएको भन्ने एकिन त छैन । तर बाइबलले येशुको जन्म जाडो महिनामा उत्तरी गोलाद्र्धमा भएको र यसलाई जुलिएन क्ययालेण्डरमा डिसेम्बर २५ र ग्रेगोरियन क्यालेण्डरमा  जनवरी ६ तारिख राखिएको छ । त्यसैले डिसेम्बर २५ तारिख देखि जनवरी ६ तारिख सम्म नै प्रभु यशुको जन्म दिनको अवसरमा क्रिसमस डे मनाउदै आएको पाइन्छ ।

विभिन्न विद्धानहरुले प्रभु यशुको जन्म दिनको मिति विभिन्न समयमा तय गरेता पनि क्रिष्टिय इतिहासकार सेक्टस जुलियम अप्रिकानसले सन् ३२१ म पहिलो पटक डिसेम्बर २५ लाई खिष्टको जन्मदिनका रुपमा मनाएको इतिहास पाइन्छ । आधुनिक रुपमा पहिलो पटक भने यस दिवसललाई सन् ३३६ मा रोममा मनाएकोे थियो ।

अमेरिकामा मात्र ३-४ करोडको क्रिसमस ट्री बिक्रि

विभिन्न प्राचिन यूरोपियनहरुले गरेको अध्यन तथा विद्यानहरुका अनुसार मिश्र र रोमको पुरानोे सभ्यता अनुसार त्यहाँका व्यक्तिहरुले हरियो बोटविरुवा र रुखहरुरद्धारा घर सजाथे । यो रुख भए पछि दुष्ट आत्मा, भूत, प्रेत, रोगहरु टाढा भाग्छन् भन्ने मान्यता र विश्वास गर्थे । इजिप्ट रोमका मानिसहरु सधै भरी हरियो विरुवा राख्न थाले ।  त्यस समय देखि अहिले सम्म क्रिसमस ट्री लाई सजाउदै आएका छन् । यस दिवसका अवसरमा यो धुपी जस्तो देखिने रुख संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि ४ करोड खरिद विक्रि गरिन्छ ।

नेपालमा इसाई धर्मामालम्बीहरुको बढ्दै, क्रिसमस डे मनाउन सार्वजानिक बिदा

पछिल्ला वर्षहरुमा नेपालमा पनि इसाई धर्मामालम्बीहरुको संख्या बढ्दै गएको छ । त्यस कारण पनि हर्ष उल्लासका साथ क्रिसमस डे मनाउन थालिएको छ । आज शनिबार परेपनि क्रिसमस डे मनाउनकै लागि सरकारले सार्वजानीक बिदा दिएको छ । नेपालमा यो दिवस कहिले देखि मनाउन थालियो भन्ने कुनै एकिन नभए पनि पछिल्लो समयमा भने यस दिनलाई निकै हर्ष र उल्ललासका साथ पोखरा, काठमाण्डौं, विराट नगर, लगायतका शहरहरुमा मनाउने गरिन्छ ।

यस दिनलाई इसाई धर्मामालम्बीहरुले बाइबल, पढ्ने, एक अर्कामा शुभकामना आदन प्रदान गर्ने गरेर मनाउने गर्दछन् ।