logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टेलिनेटको कार्यालयमा छापा, सञ्चालकलाई उपस्थित हुन विभागको निर्देशन


अंकुरण खबर
481
Shares

सूचना तथा प्रशारण विभागले टेलिनेट प्रालिको कार्यालयमा छापा मारेको छ । तर, छापा मार्न भन्दै विभागको टोली पुग्दा टेलिनेटका सञ्चालकहरू भने कार्यालयमा उपस्थित थिएनन् ।

सञ्चालकलाई नभेटे पछि टोलीले टेलिनेटका कर्मचारीसँग अल्ट बालाजी र सोनिलिभका सामग्रीहरूकाबारेमा के आधारमा नेपालमा प्रशारण गरेको भन्दै सोधपुछ गरेका थिए ।

प्रशारण अनुमतिको प्रमाणपत्र मागे पछि कर्मचारीले देखाउन नसकेकाले टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।