वाग्मती प्रदेश सरकारमा आज थप ६ जना नयाँ मन्त्री चयन गरिएको छ ।
गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले ६ मन्त्री थप गरे पछि मन्त्रीहरूको संख्या १८ जना पुगेको छ भने जसमा ४ जना राज्यमन्त्री रहेका छन् ।
थप नयाँ मन्त्रीहरुमा दीपेन्द्र श्रेष्ठ पर्यटन मन्त्री, बलराम पौडेल भूमि व्यवस्था तथा सहकारी मन्त्री, मिलनबाबु श्रेष्ठ उद्योग वाणिज्य मन्त्री र निमा लामा स्वास्थ्य मन्त्री भएका छन् । नेपाली कांग्रेसको तर्फबाट ३ जना मन्त्री र ३ जना राज्यमन्त्री थपिएका छन् ।
राज्य मन्त्रीमा रजनी अमात्य जोन्छे उद्योग राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री र सन्त चेपाङले भौतिक राज्यमन्त्री भएका छन् ।