logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

जगदुल्ला जलविद्युत्‌को टेष्ट अडिट टनेलको काम पुसमा सक्ने : आयोजना


अंकुरण खबर
689
Shares

जगदुल्ला जलविद्युतको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न ।

स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको ट्रस्ट अडिट टनेलको काम पुस मसान्तसम्ममा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत् उत्पादन  गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

कुल ४०० मिटर लम्बाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम  सम्पन्न भएको छ । जाजरकोट – डोल्पा ( भेरी करिडोर )सडक खण्ड अन्तर्गत जोडिएको त्रिवेणी देखि जगदुल्ला गाउँपालिका – १ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाई  ६ महिना भित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा समेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सापकोटाले बताए ।

आयोजनाको वातावरणीय अध्ययन कार्यको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरि त्यसको सार्वजनिक सुनवाइ बाधस्थल ( जगदुल्ला गाउपलिका–४ माझगाउ ) , सुक्खा तटीयक्षेत्र ( मुड्केचुला गाउँपालिका–६ नर्कु ) र विद्युत् गृहस्थल ( मुड्केचुला गाउँपालिका–४ ईल ) मा पौष २,४ र ६ सार्वजानिक सुनुवाइ गरिसकेको छ ।

आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिना भित्र पेस गरी चैतभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत् उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण गरिएका छन । विद्युत खरिद बिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य काम जारी छ ।