आज देखि काठमाण्डौंमा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन चलेको छ ।
नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ( एमाले )का अध्यक्ष केपी शर्मा ओलीलाई अतिथिका रूपमा निमन्त्रणा गरेका भए पनि आइतबार ३ बजे हुने सो अधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।
ओली काठमाडौं बाहिर भएकाले उद्घाटन सत्रमा सहभागी नहुने र कोही प्रतिनिधि पठाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ले जानकारी दिएका छन् ।
उनका अनुसार सो महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी) , राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत दललाई निमन्त्रणा गरिएको छ ।