logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमालयन बैंकले ३० पुसमा बोलायो साधारण सभा, यस्ता छन् एजेन्डा


अंकुरण खबर
741
Shares

हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न तथा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न ३० पुसमा साधारणसभा बोलाएको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजेका लागि २९ औँ वार्षिक साधारण सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट आयोजना गर्ने भएको हो । सभामा हाल कायम चुक्ता पुँजीको २१ दशमलव ३८ प्रतिशतका दरले बोनस सेयर र सोको करसहित चार दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित हुनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित हुनेछ । सेयर स्वाप रेसियो एक बराबर एक कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा छन् ।

साधारसभा प्रयोजनका लागि बैंकले ११ पुसदेखि बुक क्लोज गर्ने भएको छ । यअनुसार, मर्जर प्रयोजका लागि बैंकको सेयर कारोबार हाल दोस्रो बजारमा बन्द छ ।