logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबर्जस्ती करणी प्रयासको आरोपमा किशोर पक्राउ


अंकुरण खबर
1.04K
Shares

बर्दिबास नगपालिका – ९, पशुपतिनगरबाट १४ बर्षीय एक किशोरलाई प्रहरीले जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ गरेको छ ।

सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर ७  मनहरीपुरका किशोरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाँस काट्ने क्रममा  बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतको आरोप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

किशोरलाई  इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ भने जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।