logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुरु भयो नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन उद्घाटन


अंकुरण खबर
572
Shares

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको भर्खरै उद्घाटन समारोह सुरु भएको छ ।

काठमाण्डौंको कमलादीको नेपाल प्रज्ञा भवनमा उद्घाटन समारोह सुरु भएको छ ।

यस महाधिवेशनले केन्द्रीय कमिटी सहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्ने छ  ।

नयाँ नेतृत्वमा  १५ जना  सदस्यहरु रहने छन् । जसमा  १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् ।

प्रवक्ता कृष्ण बहादुर महराका अनुसार केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनेको भए पनि केही सङ्ख्या बढाउन आइतबार बसेको केन्द्रीय कमिटी कमिटी बैठकले प्रस्ताव गरेको हो ।

महाधिवेशनमा देशभरका सातवटै प्रदेश र तीनवटा गैर भौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी भएका छन्  ।

सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व रहेको छ भने नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहेको माओवादीले जनाएको छ  ।