कर्पोरेट डेभलपमेन्ट बैंकले ३० पुसमा वार्षिक साधारण सभा बोलाएको छ । बैंकले बेलुका ५ : ४५ मा होटल भिश्वा, वीरगञ्जमा १४औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन सम्बन्धी आवश्यक कार्य गर्न, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेन्डा छ ।