नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ ।

सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव,

राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।


