logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार महिना पछि अक्सिजन प्लान्ट संचालनमा आयो


अंकुरण खबर
793
Shares

राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार महिना पछि अक्सिजन प्लान्ट स्थापना भएको छ ।

दैनिक दुई सय सिलिण्डर सम्म अक्सिजन भर्न सक्ने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरी परीक्षण गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालमा कोरोनाकालमा अक्सिजन अभाव भएपछि आवश्यक सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चार महिनाअघि अस्पतालमा ल्याए पनि सम्बन्धित निकायले ध्यान नदिँदा जडान हुन सकेको थिएन् ।

अक्सिजन प्लान्ट सुचारू गरी जडानका लागि स्थानीय युवा र बिभिन्न संचारमाध्यमले दबाब दिँदै आएका थिए । अक्सिजन प्लान्ट संचानलमा आए पछि अक्सिजन कै कारण बिरामीले ज्यान गुमाउनु पर्ने डर हटेको स्थानीय साधना कर्णले बताइन् ।

अक्सिजन प्लान्ट सञ्चालनमा आए पछि सप्तरीसहित छिमेकी जिल्लाका अस्पतालमा पनि अक्सिजन आपूर्ति गर्न सजिलो भएको छ।