logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

माओवादी महाधिवेशन : बन्दसत्र भोलि ११ बजे सुरु हुने


अंकुरण खबर
3.874K
Shares

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ ।

देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।

माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।