logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पशु चिकित्सा परिषद्को अध्यक्ष र सदस्यका लागि विज्ञापन खुल्यो


अंकुरण खबर
962
Shares

सरकारले नेपाल पशु चिकित्सा परिषद्को अध्यक्ष र सदस्यका लागि विज्ञापन आह्वान गरेको छ ।

खुला प्रतिस्पर्धाबाट अध्यक्ष र दुई जना सदस्य नियुक्त गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार दरखास्त आह्वान गरेको हो ।

अध्यक्षका लागि ‘क’ श्रेणीको पशु चिकित्सक हुनुपर्ने र उमेर ३५ वर्ष पुगेको हुनुपर्नेछ भने सदस्यका लागि ‘ख’ श्रेणीको पशु चिकित्सक र ३० वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

नेपाली नागरिक, फौजदारी अभियोगमा सजाय नपाएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र मन्त्रालयको बोर्ड संस्थान डेक्समा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।