logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भने घट्यो


अंकुरण खबर
598
Shares

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सोमबार छापावाल सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो ।