प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी बृद्धि हुँदा प्रोस्टेटको समस्या देखा पर्ने गर्दछ । यो ग्रन्थीमा समस्या हुनाले लगतै आफ्नो स्वास्थ्यमा विचार नगरे निम्न समस्या देखिन सक्छ ।
प्रोस्टेटमा समस्या भएपछि देखिने लक्षणहरु
माथिका मध्ये कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ, कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी समस्या त भएको छैन रु समयमै उपचार गरे सजिलै निको हुने यो रोगलाई बेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा पनि उत्तिकै छ ।
प्रोस्टेट ग्रन्थीको समस्या कसरी पत्ता लगाउने त ?
प्रोस्टेट ग्रन्थी गुद्वारको नजिक रहेको हुन्छ । जब यो ग्रन्थीका कोशिका असामान्य रुपमा बढ्छ, तब समस्या निमत्याउने गर्छ । प्रोस्टेटको समस्या भएकाहरु मध्ये धेरै जनालाई सामान्य औषधीको सेवन मात्रले पनि राम्रो गर्दछ । ४० ४५ बर्ष भन्दा माथिका उमेर बर्गलाई बढिमात्रामा प्रोस्टेटको समस्या देखिन्छ । त्यसैले यो उमेर बर्गका सबै पुरुषले चिकित्सकको सल्लाह लिन जरुरी छ ।
यो रोगको जाँच गर्ने विधीहरु
समस्या हुनेले डाक्टरको निगरानीमा रहने गर्नु पर्दछ । माथिको कुनै लक्षण देखा पर्ने बितिकै चिकित्सकीय परामर्श लिएर दैनिक औषधीको प्रयोग गर्ने, औषधीको दैनिक प्रयोग गर्दा पनि केही सुधार आएन भने अप्रेसन गर्ने, अप्रेसनको धेरै बिधीहरु रहेका छन् । जसमा चिरेर निकाल्ने जुुन निकै पुरानो प्रवृधी रहेको छ । दुरबिनको माध्यमबाट कहि चिरफार नगरि खुर्कन वा लेजर प्रवृधीबाट अप्रेसन गर्ने ।
यसरी गर्न सकिन्छ यसको उपचार
प्रोस्टेट ग्ल्यान्डको लक्षण देखिएमा हामी सुरुमा रगत जाँच गर्नुपर्छ । भिडियो एक्सरे गर्नु पर्दछ । यसका साथै पिसाबको फेर्दाको बेगलाई जाँच गर्ने त्यसपछि पिसाब परीक्षण र वीर्य जाँच गर्ने, रोगको किटान भएपछि हामीले उपचारको विधी रोज्ने गर्नु पर्दछ । औषधिले हुनेसम्म त्यहीबाट समाधान खोज्नु पर्छ ।
यसबाट नहुने अवस्थामा शल्यक्रिया पनि रोज्नु पर्ने हुनसक्छ । प्रोस्टेट क्यान्सर भएको अवस्थामा कुन अवस्थाको छ र कति मात्रामा फैलिएको छ विचार पुर्याउनुपर्छ । त्यसअनुसार नै अप्रेशन वा रेडियो- केमोथेरापी गर्ने तय हुन्छ ।
निरोगी जीवनका लागि हाम्रो सक्रियता र शारीरिक व्यायाम आवश्यक पर्छ भनेजस्तै प्रोस्टेट ग्रन्थीमा समस्या आउन नदिन नियमित शारिरीक सम्पर्क ९हप्तामा ३ पटक० हुन जरुरी छ । लामो समयसम्म स्खलन भएन अथवा सञ्चय भइरह्यो भने प्रोस्टेटको समस्या हुन्छ ।
(लेखक डा. सुनिल श्रेष्ठ एभरेष्ट अस्पतालका सिनीएर कन्सल्टेन्ट एण्ड युरोलोजिष्ट हुन्)