logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा एकै गाउँका दुई किशोर किशोरी झुण्डिएको अवस्थामा मृत फेला


अंकुरण खबर
559
Shares

कैलालीको गौरिगंगा नगरपालिका–३ जुनेली शिविरमा किशोर किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

स्थानीय खुशीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।