logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समयमै ढुवानी नहुँदा मुगुवासी महंगोमा चामल किनेर खान बाध्य


अंकुरण खबर
533
Shares

मुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहुँदा यहाका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् ।

खाद्यान्न ढुवानिको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महंगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् ।

खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी बाट २०७८/०७९ मा मुगुम कामारोङ्गको पुलु डिपोमा एक हजार क्विन्टल, सोरुकोट डिपोमा एक हजार ५०० क्विन्टल, श्रीकोट डिपोमा  एक हजार क्विन्टल र सदरमुकाम गमगढी बजारको लागि ११ हजार क्विन्टल  स्वीकृत भएको थियो ।

तर, सदरमुकामबाहेक अन्य डिपोहरूमा केही खाद्यान्न ढुवानी भए पनि पर्याप्त मात्रामा खाद्यान्न ठेकेदारले समयमा ढुवानी नगर्दा स्थानीयवासीहरू सोरुकोटको सोरु बजार, खत्याडको माथचौर आसपासका बजार, पुलु र छाईलबजारबाट  चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य छन् ।

चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि सरकारबाट अनुदान खाद्यान्न व्यापार तथा व्यापार कम्पनी लिमीटेड कार्यालयबाट अनुदानमा अरुवा २५ केजीको एक हजार २००, जिरा मसिनो २५ केजीको एक हजार ७७५ रुपैयाँमा पाइने चामल  पुलु बजारबाट तीन हजार रुपैयाँसम्म तिरेर खाने गरेको मुगमकामारोङ्ग गाउँपालिका–५ कि साग्मु लामाले बताइन् ।

मुगुमकामारोङ्ग गाँउपालिकामा २५÷३० केजी चामल चार हजार ५०० मूल्य तिरेर खान बाध्य भएको छ्यावाङ्ग लामाले बताए ।