logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी स्थायी समिति बैठक सुरु


अंकुरण खबर
455
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो । आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो ।

गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ ।

समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता कृष्णबहादुर महराले जानकारी दिए ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।