logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरकै धारामा पानी आउँदा स्थानीय महिला खुसी


अंकुरण खबर
1.105K
Shares

इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको जुकेपानी–बजाउने डाडा–बनगाउँ लिफ्ट खानेपानी योजनाको उद्घाटन गरिएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले खानेपानी आयोजनाको उद्घाटन गर्दै पानी बोक्दा आङ खस्ने महिलालाई घर छेउमा पानी खस्दाको खुसी पुरुषलाई कम महसुस हुने बताए ।

‘एक घर एक’ धारा अभियान मार्फत खानेपानी समस्या समाधान गर्ने उद्देश्यले गाउँपालिकाले खानेपानी योजना सञ्चालन गरेको थियो । खानेपानी योजना पुस २०७६ मा सम्झौता भएर चैत २०७७ मा सम्पन्न भएको थियो । ६४ लाखभन्दा बढी लागतमा सो आयोजना सम्पन्न भएको बताइएको छ ।

खानेपानी योजना मार्फत ३०० घरधुरी लाभान्वित हुने योजना अध्यक्ष लिल बहादुर बिष्टले जानकारी दिए । अहिले ६८ घर र एक विद्यालयमा एक घर एक धारा पुगेको छ । जुकेपानी–बजाउने डाडा–बनगाउँ लिफ्ट खानेपानी योजनाका उपभोक्ता रामबहादुर बिष्टले जुग फेरिए जस्तै महसुस भएको बताए ।